Monsoon

सोचेजस्तै जो पाउँछु, उसैसँग जीवन बिताउँछु । यस्तै सपना पाल्थें । आखिर देखेकै सपना साकार हुन्छ, नदेखेको सपनाको आकार कहाँ हुन्छ ? र, सोच्ने गर्थे— मैले सोचेजस्तै को निस्कने हो ? कस्ती निस्कने हो ? एउटा धमिलो चित्र कोरेको थिएँ मनमा । कुनै दिन त्यो चित्रबाट वास्तविक मान्छे फुत्त निस्कियोस् र नाच्न थालोस् । नाच्न पनि को को आएनन् मेरो मनमा ? मानौं, मेरो मन एउटा खुल्ला स्टेज हो । मानौं, रोदीको आँगन हो । तर कोही पाउँछन्, बिना परिश्रम, चाहेकै कुरा । कोही देखिरहन्छन् सपना, जो कहिल्यै हुन्नन् पूरा । आफ्नोआफ्नो भाग्यकै कुरा । कसैका प्रेमकहानी फैलन्छन् कुना कन्दरा, कसैका प्रेमकहानी रहन्छन् आधाअधुरा ।

Posted in Books.