“समर लभ” अब पर्दामा

 

 

करीब दुइ वर्ष अगाडी ‘समर लभ’ माथि सिनेमा बन्ने पक्कापक्की भएको थियो । तर प्राविधिक गडबढी र कलाकार नपाइएका कारणले सिनेमा अड्किएको थियो । अड्किएको सिनेमाले अब गति पाएको छ । कलाकारहरु छनौट भएका छन् । नेपाली मोडलिँग क्षेत्रमा लागिरहेका मोडल आशिष पिया, “अतीत” र नेपाली मूलकी भारतमा बसेर अभिनय गरिरहेकी मोडल, नायिक रेवती क्षेत्री “साया”को रोलमा अभिनय गर्ने भएकी छिन् ।

 

यो चलचित्र बैसाख दोस्रो सातादेखि फ्लोरमा जाने भएको छ ।
यसअघि ‘नाइँ नभन्नू ल’ को निर्देषण गरिरहेका मुस्कान ढकालले यो चलचित्रलाई निर्देशन गरिरहेका छन् ।
लामो समय देखि कुरिरनुभएका पाठकहरुले दशैँपछि यो कृतिलाई पर्दामा देख्न पाउनुहुनेछ ।

 

 

तस्बिरहरु: Filmy Khabar.com

&

nepalkhabar.com

 

 

 

Posted in Media Coverage.