तिहार र खुसी
‘बाहिर बत्तीको झिलिमिलि छ, तर भित्र म निभेको छु ।’ यो पंक्ति मेरो उपन्यास ‘समर लभ’ बाट हो । लक्ष्मीपूजाको दिन प्रेम बियोगको पीडामा छट्पटाइरहेको एउटा पात्रको मनदेखिको बिलौना हो यो । कुनै कुनै तिहारमा म स्वयम्लाई पनि यो स्तरको नैराश्यले नघेरेको होइन । बाहिर उज्यालोको साम्राज्य जतिसुकै फैलिएको होस्, भित्र पीडाको अन्धकारमा खुम्चिएर म

‘प्रिय सुफी’ लेख्दाका खुसी र सास्ती 
कुनै पनि कथा उत्कृष्ट हुनको लागि त्यसले सबैभन्दा पहिले लेखक स्वयम्लाई छुनुपर्छ । लेखकलाई छोइसकेपछि, त्यसले लेखकजस्तै मन मुटु भएका हजारौँ पाठकलाई पनि छुन्छ । तर सबैलाई छुँदैन । जति नै राम्रो लेखेपनि त्यसको स्वाद सबैलाई मिठो लाग्छ भन्ने छैन जसरी जति नै मिठो खानेकुरा पाकेपनि त्यो सबैको रुचीको सूचीमा पर्दैन । पाठक कुनै पनि

केही अतृप्ती
  अलिकति अतृप्त हुनु राम्रो । अलिकति खालीपना कति सुन्दर हुन्छ । अलिकति तडप पनि बेस्वादिलो कहाँ हुन्छ ? अलिकति धोका नराम्रो कहाँ हुन्छ ? अलिकति रिस पनि राम्रै हुन्छ । अलिकति छट्पटि पनि मज्जै हुन्छ । जीवन सबै मानेमा, सबै क्षेत्रमा पूर्ण कसैको हुँदैन । भए त्यही जीवन सुन्दर कसैको रहँदैन । हामीलाई पूर्णताको

परिवर्तनका कुरा
  त्यहाँ जानु छैन, किनकि अहिलेसम्म गएको छैन । त्यो खानु छैन, किनकि अहिलेसम्म खाएको छैन । त्यसो गर्नु छैन, किनकि अहिलेसम्म गरेको छैन । यसो भन्ने हामी कति छौँ । हामी कहिल्यै नबोलेको मान्छेसित बोल्न हिच्किचाउँछौँ । नयाँ भन्ने चीज हामीलाई बडो जोखिम लाग्छ । कतै फसाउने हो कि । कतै झुक्क्याउने पो हो